आर्थिक

एकैदिन ताेलामा ११ सयले बढ्याे सुनकाे मुल्य, चाँदीकाे कति ?

एकैदिन ताेलामा ११ सयले बढ्याे सुनकाे मुल्य, चाँदीकाे कति ?

काठमाडौं: मंगलबार नेपाली बजारमा सुनकाे मूल्य ह्वात्तै बढेकाे छ । आज सुनकाे मूल्य ताेलामा ११ सय रूपैयाँले बढेकाे हाे । 

सोमबार स्थिर रहेको सुनको मूल्य आज ११ सयले बढेर ताेलाकाे ९० हजार १०० रूपैयाँ निर्धारण भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएकाे छ। 

महासङ्घका अनुसार सोमबार ८९ हजार ९०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज भने तोलामा ९० हजार १०० रुपैयाँमा कारोवार भइरहेको छ। 

यस्तै तेजाबी सुन सोमबार तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोवार भएकामा आजका लागि भने ८९ हजार ६५० रुपैयाँमा कारोवार भएको छ। तेजाबी सुनसमेत तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो। 

चाँदीको मूल्यमा समेत आज २५ रुपैयाँले वृद्धि भएको छ। तोलामा एक हजार ३३५ रुपैयाँमा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३६० रुपैयाँ कायम भएको छ।