मनोरञ्जन

अप्रिलमा आलियाले राम चरणसँग दुई गीतको सुटिङ गर्ने

अप्रिलमा आलियाले राम चरणसँग दुई गीतको सुटिङ गर्ने

एजेन्सी, ११ फागुन । बलिउडकी क्युट अभिनेत्री आलिया भट्ट पछिल्लो समय प्रोफेशनल फ्रन्टमा निकै व्यस्त छिन् । अभिनेत्री आलिया मोस्ट अवेटेड फिल्म आरआरआर (RRR) मा मुख्य भूमिकामा देखिदैछन् । यो एक पिरियड एक्शन ड्रामा फिल्म हो ।

यो फिल्ममा साउथ सुपरस्टार जुनियर एनटीआर र राम चरण मुख्य भूमिकामा देखिदैछन् । यसका साथै यो फिल्ममा अजय देवगन पनि मुख्य भूमिकामा देखिनेछन् । अजय देवगनले भर्खरै मात्र यस फिल्मको आफ्नो भूमिकाको सुटिङ सम्पन्न गरेका छन्, भने अभिनेत्री आलियाले पनि आफ्नो रोलको सुटिङ सकाइसकेकी छन् । 

अब अभिनेत्री आलियाले यस फिल्ममा समावेश गरिने दुई ठूलो गीतको सुटिङ गर्नेछन् । पिंकविलाको एक रिपोर्ट अनुसार आलियाले यस फिल्मको आफ्नो सबै सिन्सको सुटिङ सकाइसकेकी छन् । अब मात्र दुई गीतको सुटिङ गर्नेछन् । 

आलियाले अभिनेता राम चरणसँग उक्त गीतको सुटिङ गर्नेछन् । गीतको सुटिङको लागि आलिया अप्रिलमा हैदराबाद जाँदैछन् । यस गीतको भिडियोमा अभिनेत्रीको लूक युनिक हुने आँकलन गरिएको छ ।