विश्वभर संक्रमितको संख्या ११ करोड २२ लाख नाघ्यो, २४ लाख ८४ हजार बढीको मृत्यु

काठमाडौं, ११ फागुन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ११ करोड २२ लाख नाघेको छ । वल्र्डोमिटर्सका अनुसार मंगलबार (आज) विहानसम्म विश्वभर कोरोना संक्रमितहरुको संख्या ११ करोड २२ लाख ५६ हजार १८८ पुगेको हो ।
त्यस्तै, हालसम्म विश्वमा २४ लाख ८४ हजार ८६२ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ८ करोड ७७ लाख ७७ हजार ४८८ जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् । हाल विश्वमा २ करोड १९ लाख ९३ हजार ८३८ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन्, भने ९ करोड ०२ लाख ६२ हजार ३५० वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् ।
विश्वमै कोरोना संक्रमणका कारण सबै भन्दा बढी अमेरिका प्रभावित बनेको छ । जहाँ संक्रमितहरुको संख्या २ करोड ८८ लाख २६ हजार ३०७ पुगेको छ । जसमध्ये ५ लाख १२ हजार ५९० संक्रमितहरुको मृत्यु भइसकेको छ, भने १ करोड ९१ लाख १४ हजार १४० जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् ।
त्यस्तै, दोस्रो सबै भन्दा बढी प्रभावित देश छिमेकी राष्ट्र भारत हो, जहाँ संक्रमितको संख्या १ करोड १० लाख ०५ हजार ०७१ पुगेको छ, भने १ लाख ५६ हजार ४१८ संक्रमितहरुको मृत्यु भइसकेको छ । त्यस्तै, १ करोड १० लाख १५ हजार ८६३ संक्रमितहरु निको भइसकेका छन् ।
तेस्रो बढी प्रभावित देश ब्राजिल हो, जहाँ संक्रमितको संख्या १ करोड १ लाख ९७ हजार ५३१ पुगेको छ । यसैबीच २ लाख ४७ हजार २७६ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ९१ लाख ३९ हजार २१५ संक्रमितहरु निको भइसकेका छन् ।
चौथो बढी प्रभावित देश रसिया हो, जहाँ संक्रमितको संख्या ४१ लाख ७७ हजार ३३० पुगेको छ । यसैबीच ८३ हजार ६३० को मृत्यु भइसकेको छ, भने ३७ लाख २६ हजार ३१२ संक्रमितहरु निको भइसकेका छन् ।
विश्वनै आक्रान्त बनाएको कोरोना संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ । जसमध्ये २ हजार ६१ संक्रमितको मृत्यु भइसकेको छ, भने २ लाख ६९ हजार ९६६ संक्रमितहरु निको भइसकेका छन् ।