राजनीति

प्रधानन्यायाधीशलाई भेट्न सर्वोच्च पुगे प्रधानसेनापति पूर्णचन्द्र थापा

प्रधानन्यायाधीशलाई भेट्न सर्वोच्च पुगे प्रधानसेनापति पूर्णचन्द्र थापा

काठमाडौं:  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन् ।

सोमबार दिउँसो थापा सर्वोच्च गएका हुन् । प्रधानन्यायाधीश र प्रधानसेनापति बीच सर्वाेच्च अदालत पछाडि सेनाकाे क्याभलरी रहेकाे जग्गा सर्वाेच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको बताइएकाे छ।

सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्ण मानिएको छ।

अवहेलना मुद्दाको जवाफ दिन गएका बेला प्रधानमन्त्री केपी ओलीले सर्वाेच्च अदालत परिसरको निरीक्षणसमेत गरेका थिए ।अदालतकाे परिसर साँघुराे भएकाे भन्दै सर्वोच्चले सेनाकाे क्याभलरीकाे जग्गा प्रक्रियागत रुपमा नै आफ्नो नाममा नामसारी गर्नका लागि पहल गरिरहेको थियो ।

तर, सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सकिएर 'हेर्दाहेर्दै'मा रहेकाे बेला भएको प्रधानन्यायाधीश र प्रधानसेनापति बीचकाे भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।