राजनीति

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गर्दै सरकार 

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गर्दै सरकार 

काठमाडौं, १० फागुन । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको राजनीतिक प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । आइतबार (आज) बस्ने मन्त्रिपरिषदको बैठकले प्रतिबन्धित ‘विप्लव’ माथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरिएको बताइएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि सरकारले २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । त्यसोत, गत शनिबार मात्रै नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ती जारी गर्दै सरकारसँग सम्वाद र वार्ताका लागि सकरात्मक रहेको बताएका थिए ।

विप्लवले आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्न वातावरण बन्ने अवस्थामा सरकारसँग सम्वाद र वार्ता गर्न तयार रहेको जारी विज्ञप्तीमा उल्लेख गरेका थिए । यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आइतबार विप्लवसँग वार्ता गर्न लागेकोमा केही समूहलाई राम्रो नलागेको पनि बताएका थिए ।