स्वास्थ्य

थप ८० जनामा कोरोना पुष्टि

थप ८० जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

३ हजार ३२५ जनाको पीसीआर परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ३४३ पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ४९४ छ ।

पछिल्लो २४ घण्टामा १२१ जना संक्रमणमुक्त भएका छन् । योसहित संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६९ हजार ८७६ पुगेको छ। 

हालसम्म २१ लाख ३६ हजार ६३४ जनाको पीसीआर परीक्षण गरिएको छ । २ हजार ६१ जनाले यसको संक्रमणबाट ज्यान गुमाएका छन् ।