पछिल्लाे २४ घण्टामा थप ९७ काेराेना संक्रमित थपिए, ३ जनाकाे मृत्यु

काठमाडाैं: नेपालमा पछिल्लाे २४ घण्टामा थप ९७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। शुक्रबार दुई हजार ९३१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ९७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
याेसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार २६३ पुगेको छ । हाल एक हजार ५८३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट थप तीन जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या दुई हजार ६१ पुगेकाे छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा ११४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म दुई लाख ६९ हजार ६१९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म २१ लाख ३४ हजार २६१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ भने हाल एक हजार ५८३ जना आइसोलेशनमा र ६८ जना क्वारेन्टिनमा छन् ।