लाेक सेवा आयोगले खुलायो पाँच सय बढी पदमा आवेदन

काठमाडाैं: लोक सेवा आयोगले पाँच सय भन्दा बढी पदमा आवेदन खुला गरेकाे छ । आयोगले राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौं तहका लागि पाँच सय बढी पदमा आवेदन मागेको हाे।
बुधबार गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशी प्रतियोगितामार्फत् परीक्षाका लागि इच्छुकहरूबाट आवेदन माग गरेको छ।
अनलाइनबाट पनि दरखास्त भर्न सकिने आयोगले जनाएकाे छ । आयोगले सब-ईञ्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक, रेन्जरलगायत पदमा आवेदन खुला भएको हो।