राजनीति

प्रधानमन्त्री निवास घेराउ गर्नेमाथि प्रहरीकाे धरपकड

प्रधानमन्त्री निवास घेराउ गर्नेमाथि प्रहरीकाे धरपकड

काठमाडौं:  बालुवाटार घेराउ गर्न प्रधानमन्त्रीको सरकारी निवास पुगेका नागरिक समाजमाथि प्रहरीले धरपकड गरेको छ ।  संसद विघटनको विरोधमा नागरिक समाजले आज बालुवाटार अगाडि विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले धरपकड गरेको हो ।

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहितका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले दर्जन बढी प्रर्दशनकारीलाई नियन्त्रणमा लिएर भ्यानमा कोचेको छ।

निषेधित क्षेत्रमा विरोध प्रर्दशन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रदर्शनकारीले प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गरेका थिए ।