कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघ्यो, कति भए डिस्चार्ज ?

काठमाडाैं: गएको २४ घण्टामा काेराेना संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु भएकाे छ । याेसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप दुई सय ७० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या दुई लाख ६९ हजार चार सय ५० पुगेको छ ।
त्यस्तै गएको २४ घण्टामा चार सय तीन जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई लाख ६४ हजार एक सय ३७ पुगेको छ । यो कुल सङ्क्रमितको ९८ प्रतिशतभन्दा धेरै हो ।
अहिले नेपालमा तीन हजार तीन सय १२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।