अन्तर्राष्ट्रिय

अमेरिकामा पछिल्लो २४ घण्टामा चार हजार बढी संक्रमितको मृत्यु

अमेरिकामा पछिल्लो २४ घण्टामा चार हजार बढी संक्रमितको मृत्यु

काठमाडौं, ९ माघ । कोरोना भाइरस संक्रमणका कारण सबै भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा चार हजार बढी संक्रमितको मृत्यु भएको छ । वल्र्डोमिटर्सका अनुसार विगत २४ घण्टामा अमेरिकामा ४ हजार ८० संक्रमितको मृत्यु भएको हो । 

योसँगै अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ४ लाख १९ हजार ९९१ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख ८५ हजार ६७५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

योसँगै अमेरिकामा संक्रमितको कुल संख्या २ करोड ५१ लाख ८६ हजार ८३९ पुगेको छ । हालसम्म अमेरिकामा १ करोड ५१ लाख ९५५ जना कोरोना संक्रमितहरु निको भइसकेका छन् । 

हाल अमेरिकामा ९६ लाख ६५ हजार ८९३ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन् । जसमध्ये पनि २७ हजार ६५० वटा गम्भीर र ७५ हजार ८४४ वटा टप केसहरु रहेका छन् ।