अन्तर्राष्ट्रिय

अमेरिकामा पछिल्लो २४ घण्टामा ४ हजार बढी संक्रमितको मृत्यु

अमेरिकामा पछिल्लो २४ घण्टामा ४ हजार बढी संक्रमितको मृत्यु

काठमाडौं, ८ माघ । कोरोना भाइरस संक्रमणका कारण सबै भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा चार हजार बढी संक्रमितको मृत्यु भएको छ । वल्र्डोमिटर्सका अनुसार विगत २४ घण्टामा अमेरिकामा ४ हजार ३०९ संक्रमितको मृत्यु भएको हो । 

योसँगै अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ४ लाख १५ हजार ८२९ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख ८६ हजार ७०६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

योसँगै अमेरिकामा संक्रमितको कुल संख्या २ करोड ४९ लाख ९७ हजार ९५५ पुगेको छ । हालसम्म अमेरिकामा १ करोड ४९ लाख ६४ हजार ९६६ वटा कोरोना संक्रमितहरु निको भइसकेका छन् । 

हाल अमेरिकामा ९६ लाख १६ हजार ४६० वटा कोरोनाका सक्रिय केसहरु रहेका छन् । जसमध्ये पनि २८ हजार १९८ वटा गम्भीर र ७५ हजार २७४ वटा टप केसहरु रहेका छन् ।