आर्थिक

आज पनि ताेलामा ५ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

आज पनि ताेलामा ५ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

काठमाडाैं: बुधबार पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । मंगलबारकाे तुलनामा बुधबार सुनकाे मूल्य ताेलामा ५ सय रूपैयाँले बढेकाे हाे । 

बुधबारका लागि छापावाल सुनकाे मूल्य प्रतिताेला  ९२ हजार ५०० रुपैयाँ निर्धारण भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । मंगलबार छापााल सुन तोलाकाे ९२ हजार रुपैयाँमा कारोबार भएको थियाे ।  

यस्तै तेजावी सुन आज तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएकाे छ । जेजावी सुन हिजाे प्रतिताेला ९१ हजार ५ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

यसैबीच बुधबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।