स्वास्थ्य

आज थप ३४८ जनामा कोरोना पुष्टी, ४ संक्रमितको मृत्यु

आज थप ३४८ जनामा कोरोना पुष्टी, ४ संक्रमितको मृत्यु

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप ३४८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ।

यस्तै आज काठमाडौँ उपत्यकामा थप २१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १५९, भक्तपुरमा २७ र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएका हुन्। 

मंगलबार ४४१ जना कोरोना संक्रमित डिस्चार्ज भएकाे मन्त्रालयले जनाएकाे छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको छ। हाल देशभर ३ हजार ७ सय ६४ सक्रिय संक्रमित रहेका छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६९ पुगेको छ।