आर्थिक

ताेलामा ४ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीकाे कति ?

ताेलामा ४ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीकाे कति ?

काठमाडाैं:  आज 'मंगलबार'  नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनकाे मूल्य ताेलामा ४ सय रूपैयाँले बढेकाे हाे । 

सोमबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।  हिजाे तेजावी सुन प्रतिताेला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियाे ।

यस्तै चाँदीको मूल्य पनि सोमबारको तुलनामा मंगलबार बढेको हो । सोमबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।