स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ३२२ जनामा काेराेना पुष्टी, ६ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा थप ३२२ जनामा काेराेना पुष्टी, ६ जनाकाे मृत्यु

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३७४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६५ पुगेको छ।