राजनीति

निर्वाचनको तयारीमा जुट्न निर्देशन

निर्वाचनको तयारीमा जुट्न निर्देशन

सुर्खेत:  प्रदेशका सुरक्षा निकायहरुलाई गृहसचिव महेश्वर न्यौपानेले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका गृहसचिव न्यौपाने अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभाको आगामी निर्वाचनतर्फ केन्द्रित हुन् सरकारको स्पष्ट निर्देशन आएको भन्दै आवश्यक तयारी थाल्न निर्देशन दिएका हुन् । 

उनले भने, ‘निर्वाचन हुन्छ या हुन्दैन्, भन्ने तिर तपाईंहरु अलमलमा नपर्नुस । सरकारले चुनावको घोषणा गरेको छ। सरकारको निर्णय कार्यान्वय गराउनु तपाइर्ं हाम्रो अठोट हो, काम हो । रतिभर संशय नलिएर काम थाल्नुस ।’

मन्त्रालयले सुरक्षा महाशाखा प्रमुखको अध्यक्षतामा डीआईजीहरु, एसएसपीहरु र नेपाली सेनातर्फ महासेनानी सम्मेलित केन्द्रीय निर्वाचन सुरक्षा योजनासमेत तयार गरेर काम थालिएको गृहसचिव न्यौपानेले बताए ।

उनले कर्णालीमा नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्व नेकपाका गतिविधिहरु बढेको र यसका गतिविधिहरु पूर्णरुपमा रोक्नेगरी काम गर्नसमेत निर्देशन् दिए ।