आर्थिक

आज पनि घट्याे सुन र चाँदी दुबैकाे मूल्य, हेर्नुस् कति पुग्याे ताेलाकाे ?

आज पनि घट्याे सुन र चाँदी दुबैकाे मूल्य, हेर्नुस् कति पुग्याे ताेलाकाे ?

काठमाडाैं: साताकाे पहिलाे दिन आइतबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ । आज एकै दिन सुन तोलामा सात सय रुपैयाँले घटेको हाे ।

छापावाल सुनको भाउ आज तोलामा ९१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुनकाे मूल्य ९२ हजार ५ सय रूपैयाँमा काराेबार भएकाे थियाे । 

यस्तै तेजावी सुनकाे मूल्य पनि आज घटेर ताेलाकाे ९० हजार ९ सय रूपैयाँ कायम भएकाे छ । तेजावी सुन शुक्रबार प्रतिताेला ९१ हजार ६ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।  

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि सस्तो भएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १८ सय ३० डलर छ । यो अस्ति शुक्रबारको भन्दा २० डलर सस्तो हो ।

 यस्तै, आज चाँदी पनि आज तोलामा ३० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।