खेल

यी हुन् पीएम कप क्रिकेट नखेल्ने ४ खेलाडी

यी हुन् पीएम कप क्रिकेट नखेल्ने ४ खेलाडी

काठमाडौं:  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता चलिरहेकाे छ । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघलेयस प्रतियोगिताको व्यवस्थापन गरिरहेको छ ।

 

राष्ट्रियस्तरको प्रतियोगितामा सबै खेलाडीले खेलेको हेर्ने चाहना क्रिकेट प्रेमीहरुको पनि हुन्छ । तर यसपटक नाम चलेका केही खेलाडी भने पीएम कपमा देखिने छैनन् । सन्दीप लामिछाने, कुशल मल्ल, सोमपाल कामी र करण केसी यी चार खेलाडी पीएम कपमा नदेखिने भएका हुन् । 

ग्लोबल स्टारको छवी बनाइसकेका सन्दीप लामिछानेदेखि युवा अलराउण्डर कुशल मल्लसम्म यस पटक प्रतियोगिता खेल्ने छैनन् । यस्तै नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले पनि दुई खेल मात्र खेल्दैछन् ।

राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप हाल अष्ट्रेलियामा भइरहेको बीग बास लिग 'बीबीएल' मा होबार्ट हुरिकेन्सका लागि खेलिरहेका छन् । विदेशी लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका सन्दीप यस जन नयाँ टिम होबार्टमा आबद्ध भएका हुन्।

सोमपाल कामी र करण केसी अनि अलराउण्डर कुशल मल्ल युएईमा हुने चौथो संस्करणको टी-१० लिग खेल्नका लागि अर्को साता जाँदैछन् । उनीहरु अहिले त्यसका लागि व्यस्त छन् ।