आर्थिक

साताकाे अन्तिम दिन ४ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

साताकाे अन्तिम दिन ४ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

काठमाडाैं:  साताकाे अन्तिम दिन शुक्रबार पहेँलाे धातुकाे मूल्य ४ सय रूपैयाँले बढेकाे छ । बिहीबारका तुलनामा आज सुन चार सय रुपैयाँ महंगो भएको हाे।

आज छापावाल सुनकाे मूल्य बढेर प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । छापावाल सुन हिजाे प्रतिताेला ९२ हजार १ सय रूपैयाँमा काराेबार भएकाे थियाे । 

त्यस्तै आज तेजावी सुनकाे मूल्य पनि बढेर तोलाकाे ९२ हजार रुपैयाँ पुगेको छ। बिहीबार तेजावी सुन ९१ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियाे ।

त्यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेको छ। अघिल्लो दिन १२ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ६० रुपैयाँमा कारोबार भएको हो।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस झण्डै १८ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।