समाज

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सल्यान । यहाँ आज बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्युु भएको छ । ढोरचौरबाट श्रीनगरतर्फ जाँदै गरेको ना ३ ख ९६४३ नम्बरको बसले बरलातर्फ जाँदै गरेको रा ३ प ८६६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शारदा नगरपालिका–६ वरलाका ३० वर्षीय वीरेन्द्र भण्डारीको मृत्यु भएको हो ।     
    
दुर्घटनामा परी गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि सल्यान अस्पताल पुर्याइएको  भए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ठक्कर दिने बसका चालक फरार रहेकाले खोजी भइरहेको र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।