स्वास्थ्य

काठमाडौं उपत्यकामा आज थप २४६ जनामा कोरोना पुष्टी

काठमाडौं उपत्यकामा आज थप २४६ जनामा कोरोना पुष्टी

काठमाडौं: काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना संक्रमण पुष्टी भएकाे छ । योसँगै उपत्यकामा संक्रमितकाे संख्या एक लाख २३ हजार ५३० जना पुगेकाे हाे ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज  काठमाडौंमा १८९ , ललितपुरमा ३८  र भक्तपुरमा १९ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

हालसम्म काठमाडौंमा मात्र ९९ हजार ३३९ जना संक्रमित भएका छन्, जसमध्ये ४८३ जनाको मृत्यु भएको छ। हालसम्म ९६ हजार ५५१ जना निको भएका छन्।

ललितपुरमा १५ हजार ६८२ जना संक्रमित भएका छन्। जसमा १५२ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १५ हजार २४० जना निको भएका छन्।

भक्तपुरमा ९ हजार ८२ संक्रमितमध्ये १११ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ८६९ जना निको भएर घर फर्किएका छन्।