आर्थिक

एनएमबि बैंकको २५ औं वार्षिक साधारण सभा सम्मपन्न

एनएमबि बैंकको २५ औं वार्षिक साधारण सभा सम्मपन्न

काठमाडौं : एनएमबि बैंक लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।  बुधबार संचालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको अध्यक्षता सभा सम्पन्न भएकाे हाे ।

एनएमबि बैंक लिमिटेडको बार्षिक साधारण सभाले १६.२% नगद लाभांश पारित गरेको छ । पुस २९ गते सम्पन्न बैंकको २५औं बार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

कोभिड १९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभामा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत संचालन गरी शेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो ।

 साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७६÷७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।  उक्त सभाले बैंकले अधिकृत पूँजी रु.१६ अरबबाट बृद्धि गरी रु.२० अरव पुर्याउने प्रस्ताव पारित गरेको छ ।