मनोरञ्जन

विवाहकाे तयारीमा जुटे बरुण धवन, काे हुन् दुलहि ?

विवाहकाे तयारीमा जुटे बरुण धवन, काे हुन् दुलहि ?

एजेन्सी: बलिउड अभिनेता बरुण धवन आफ्नी प्रेमिका नताशा दलालसँग बिहे गर्ने भएका छन् । मिडिया रिपोर्टअनुसार यतिबेला विवाहको तयारीमा व्यस्त छन् बरुण धवन।

लामो समयदेखि प्रेममा रहेका वरुण र नताशाको बिहे अलीबागको एक पाँचतारे होटलबाट हुनेछ । विवाहको तयारी पनि सुरु भइसकेको छ ।

स्रोतका अनुसार वरुण धवनले अलिवागको एक पाँचतारे होटल बुक गरिसकेका छन् र यसका लागि केही एडभान्स पेमेन्ट पनि दिएका छन् । विवाहमा झन्डै २ सय मानिसहरुलाई निम्त्याउने तयारी वरुणले गरिरहेका छन् । तर विहेको मिति भने अहिलेसम्म तय भइसकेको छैन । 

‘मैले जब नताशालाई पहिलोपटक देखेको थिएँ, त्यतिबेला उनी ६ कक्षामा पढ्थिंन् । हामी ११ र १२ कक्षासम्म एकअर्काका मिल्ने साथी थियौं । त्यसको केही समयपछि मात्रै मैले नताशालाई मन पराउँन थालें’ बरूणले एक रेडियो कार्यक्रममा भनेका थिए ।

वरुणका अनुसार नताशाले उनलाई सुरुमा धेरैपटक रिजेक्ट गरेकी थिइन् । यद्यपि, लगातारको प्रयासपछि नताशा पनि प्रेम–सम्बन्धमा रहन तयार भइन् ।