शिक्षा

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्याे

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्याे

काठमाडौं:  कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । 

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा हालिएको रिट खारेज भएसँगै कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हाे ।

साे रिटमा फैसला नहुँदा महिनौँदेखि पाठ्यक्रमसम्बन्धी  अन्योल थियो । देशभर कतै पुरानो पाठ्यक्रम र कतै नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गरिएको थियो ।

अब भने  राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार नयाँ पाठ्यक्रम लागु हुने भएपछि पाठ्यक्रमसम्बन्धी अन्योल हट्ने भएको छ ।