स्वास्थ्य

 काठमाडौं उपत्यकामा आज थप २५९ संक्रमित थपिए

 काठमाडौं उपत्यकामा आज थप २५९ संक्रमित थपिए

काठमाडौं: मंगलवार काठमाडौं उपत्यकामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टी भएकाे छ । आज  काठमाडौंमा २२१ , ललितपुरमा २९  र भक्तपुरमा ९ जनालाई  कोरोना संक्रमण देखिएको हाे ।

योसँगै उपत्यकामा एक लाख २३ हजार २८४ जना व्यक्ति संक्रमित भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

हालसम्म काठमाडौंमा मात्र ९९ हजार १५० जना संक्रमित भएका छन्, जसमध्ये ४८२ जनाको मृत्यु भएको छ। हालसम्म ९६ हजार ४२७ जना निको भएका छन्।

ललितपुरमा १५ हजार ६४४ जना संक्रमित भएका छन्। जसमा १५२ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १५ हजार ३६७ जना निको भएका छन्।

भक्तपुरमा ९ हजार ६३ संक्रमितमध्ये १११ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ८६४ जना निको भएका छन्।

आज काठमाडौंमा २ हजार २४१ ललितपुरमा २७७  र भक्तपुरमा ८८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।