स्वास्थ्य

आज देशभर थप ४३० जनामा कोरोना पुष्टी, ५ जनाकाे मृत्यु

आज देशभर थप ४३० जनामा कोरोना पुष्टी, ५ जनाकाे मृत्यु

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना संक्रमण पुष्टी भएकाे छ । देशभरका प्रयोगशालामा गरिएको ५ हजार ३०० जनाको पिसिआर परिक्षणमा ४३० जनामा कोरोना संक्रमण देखिएको हो। 

याेसँगै काेराेना संक्रमणकाे संख्या २ लाख ६५ हजार ६९८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आज देशभर ४ हजार ४०८ संक्रमित सक्रिय संक्रमित रहेको

यस्तै आज ३९० जना संक्रमणमुक्त भएका छन् भने हालसम्म २ लाख ५९ हजार ३५८ जना व्यक्ति संक्रमणमुक्त भइसकेका छन्।

आज ५ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म मृत्यु हुने संक्रमितको संख्या  १ हजार ९३२ पुगेको छ।