आर्थिक

लगातार घटेकाे सुनकाे मूल्य आज ६ सयले बढ्याे

लगातार घटेकाे सुनकाे मूल्य आज ६ सयले बढ्याे

काठमाडौं: अघिल्ला केहि दिन निरन्तर ओरालो लागेको सुनचाँदीको भाउ मंगलबार भने बढेकाे छ । आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ८०० रुपैयाँ कायम गरेको छ । सोमबार तोलाको ९२ हजार २०० मा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९२ हजार ३०० पुगेको छ । हिजो ९१ हजार ७०० मा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर तोलाको १२ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।