प्रविधि

तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो, केही ठाउँमा हल्का वर्षाको सम्भावना

तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो, केही ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाडौं, २८ पुष । मौसम पूर्वानुमान महाशाखाले आज बिहानैबाट तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेकोे जनाएको छ । त्यस्तै, आज नेपालको पहाडी भू–भागमा आंशिक बदली रहने छ । 

हाल नेपालमा उल्लेख्य मौसमी प्रणाली नभए पनि स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ । साथै उक्त प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । 

आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।