मनोरञ्जन

अनुष्का-विराटलाई पुत्रीलाभ

अनुष्का-विराटलाई पुत्रीलाभ

एजेन्सी । भारतीय क्रिकेटर विराट कोहली  र बलिउड अभिनेत्री अनुष्का शर्मालाई पुत्रीलाभ भएको छ । सन् २०१७ डिसेम्बरमा विवाह बन्धनमा बाँधिएका यी जोडीले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएका हुन् । मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा अनुष्काले छोरी जन्माएकी हुन् । 

विराटले सामाजिक संजालबाट आफूहरूलाई पुत्री लाभ भएको र अनुष्का र छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिएका हुन् । विराटले छोरी पाएको एकदमै खुशी रहेको भन्दै केही समय गोपनियतामा ध्यान दिन सबैमा आग्रहसमेत गरेका छन् । 

अनुष्काले गत अगष्टमा आफू आमा बन्न लागेको बताएकी थिइन्। अनुष्का र विराट दुवै जनाको तस्बिर सेयर गर्दै २०२१ को जनवरीमा आफ्नो घरमा नयाँ सदस्यको आगमन हुने र आफूहरू पनि तीनजना हुने बताएका थिए।