आर्थिक

सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य निर्वाचित

सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य निर्वाचित

काठामाडाैं:  नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं तथा आठौं वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनले माणिकरत्न शाक्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।

महासंघको विधानमा ५५ सदस्यीय कार्यसमिति रहने व्यवस्था भएअनुरूप सबै पदमा निर्विरोध भएका हुन् ।

त्यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् भने उपाध्यक्षहरुमा क्रमशः मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपिन रामुदामु निर्वाचित भएका छन्।

संघको एसोसिएट्स उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मा निर्वाचित भएका छन्। संघको प्रवक्तामा मनोजकुमार शाह तथा सहकोषध्यक्षमा पद्मसुन्दर शाक्य चयन भएका छन्।