आर्थिक

आज पनि तोलामा ८ सय रूपैयाँले घट्यो सुनको मूल्य, कति पुग्याे हेर्नुस् ?

आज पनि तोलामा ८ सय रूपैयाँले घट्यो सुनको मूल्य, कति पुग्याे हेर्नुस् ?

काठमाडौं: साताको दोस्रो दिन पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार एकैदन २३ सयले घटेकाे सुनकाे मूल्य आज साेमबार पनि  ८ सय रूपैयाँले घटेको हो ।

आज छापावाल सुनकाे मूल्य प्रतितोला ९२ हजार २ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजाे छापावाल सुन प्रतिताेला ९३ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय कायम गरिएको छ । हिजाे तेजावी सुन ताेलाकाे  ९२ हजार ५ सय रूपैयाँमा काराेबार भएकाे थियाे । 

चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी ४० रुपैंयाँले घटेको छ । १ हजार २३० रुपैंयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।