आर्थिक

आज एकैदिन २३ सयले घट्याे सुनकाे मूल्य, हेर्नुस् कति पुग्याे ताेलाकाे ?

आज एकैदिन २३ सयले घट्याे सुनकाे मूल्य, हेर्नुस् कति पुग्याे ताेलाकाे ?

काठमाडौं: साताकाे पहिलाे दिन आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज सुन एकैदिन ताेलामा दुई हजार तीन सय रुपैयाँले घटेकाे हाे । 

आज आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ९३ हजार रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । गत शुक्रबार छापावाल सुन प्रतिताेला  ९५ हजार तीन सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

सुनचाँदीको भाउमा उच्च गिरावट आएको छ । एकै दिन सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ९३ हजार रुपैयाँ कायम गरेको छ । गत शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँ थियो ।

तेजाबी सुनको भाउ पनि तोलामा २३ सयले नै झरेर ९२ हजार ५ सय कायम भएको महासंघले जनाएकाे छ । गत शुक्रबार तेजावी सुन प्रतिताेला ९४ हजार ८ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले झरेर १२ सय ७० कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा गिरावट आएसँगै स्थानीय बजारमा पनि सुनचाँदीको भाउ घटेको हो ।