सम्पादकीय

प्रतिनिधिसभा विघटन : संविधानमाथि सरकारको नाङ्गो प्रहार

प्रतिनिधिसभा विघटन : संविधानमाथि सरकारको नाङ्गो प्रहार

एक पछि अर्को गर्दै संंविधानमाथि प्रहार गर्दै आएको केपी शर्मा ओली नेतृत्वको सरकारले अन्ततः प्रतिनिधिसभा विघटन गरेको छ। संविधानको मर्ममाथि पटक–पटक बलात्कारको प्रयास गरेको सरकारले संविधानको धारा ७६ को उपधारा (१) र (७) माथि भएको अस्पष्ट व्यवस्थामाथि टेकेर प्रतिनिधिसभा विघटन गरेको हो ।

संविधानको धारा ७६ को (१) मा मन्त्रिपरिषद गठनबारे उल्लेख गर्दै भनिएको छ,राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने छ र निजको अध्यक्षतामा मन्त्रिपरिषद गठन हुनेछ ।

संसद विघटन गर्दा राष्ट्रपति कार्यालयले यो उपधारालाई चर्चा गरेको भएता पनि यसमा संसद विघटन बारे केही पनि उल्लेख गरिएको छैन् । सोही धाराको उपधारा (७) मा भने संसद विघटनको प्रावधान छ, तर बहुमतको सरकार बन्न नसकेको अवस्थामा मात्रै यो उपधारा आकर्षित हुने देखिन्छ । धारा ७६ को (७) मा अनुसार ‘उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र चुनाव सकिने गरी मिति तोक्नु पर्नेछ । 

संविधानले मध्यावधि चुनावका लागि गरेको प्रावधान यीनै हुन । तर ओली नेतृत्वको सरकारमा यीकुनै पनिधारा तथाउपधारा आर्कषित हुने दखिदैन । धारा ७६ को उपधारा (७) अनुसार संसद विघटन गर्नका लागि उपधारा (५) अनुसार नियुक्त भएको प्रधानमान्त्री हुनुपर्छ । तर, केपी ओली उपधारा १ अनुसार नियुक्त भएका प्रधानमन्त्री हुन्न। जसरी सरकारले उपधारा (७) ले गरेको ब्यवस्था माथि टेकेर प्रतिनिधि सभा विघटन गरेको छ । यो संविधान माथिको नांगो हस्तक्षेप हो । ओली नेतृत्व सरकारको रबैया हो । संविधान माथि हुने यस्ता प्रहारले लामो त्याग र बलिदानबाट आएको उपलब्धि माथि धाबाबोलिरहेको छ । गणतन्त्र ल्याउदै गर्दा प्रधानमन्त्रीओलीले ब्यक्त गरेको बयलगाढा काण्डलाई यस्ता मलजल र प्रमाणित गर्न पृष्ठपोषण गर्छन । 

लोकतान्त्रिक ब्यवस्थाका लागि लडेको भन्ने प्रधानमन्त्री ओलीले जनताबाट निर्वाचित प्रतिनिधिले बनाएको संविधानको धज्जि उडाएका छन् । अनी सोही संविधानको जगको भरमा प्रधानमन्त्रीको कुर्चीमा पुगेको आफ्नै नैतिकता माथि प्रश्न उठाएका छन् । संविधानका मतियारहरुलाई समयले राम्रो जवाफ अवश्य देला ।