च्याम्पियन्स लिग प्रि–क्वार्टर फाइनल ड्रः बार्सा र पीएसजी भिड्ने

एजेन्सी । यूइएफए च्याम्पियन्स लिगको प्रि–क्वार्टर फाइनलको ड्र सार्वजनिक भएको छ ।
युइएफएले सोमबार गरेको ड्रमा अन्तिम १६ मा फुटबल क्लब बार्सिलोना र पीएसजीबीच प्रतिस्पर्धा हुनेछ ।
बार्सा पाँचपटकको च्याम्पियन्स लिग विजेता टोली हो भने पीएसजीले एकपटक पनि यस उपाधि जित्न सकेको छैन । गतवर्ष पीएसजी फाइनलमा पुगेर पनि बायर्नसँग पराजित हुँदा उपाधि जित्नबाट बन्चित भएको थियो ।
अन्तिम १६ मै बार्सा र पीएसजीबीच भिडन्त हुने भएपछि यस खेललाई रोमाञ्चक रुपमा हेरिनेछ ।