स्वास्थ्य

काेराेना संक्रमणबाट एकैदिन २३ जनाकाे मृत्यु, मृतककाे संख्या १ हजार ४ सय ३५ पुग्याे

काेराेना संक्रमणबाट एकैदिन २३ जनाकाे मृत्यु, मृतककाे संख्या १ हजार ४ सय ३५ पुग्याे

काठमाडौं: काेराेना संक्रमणबाट नेपालमा एकैदिन थप २३ जनाको मृत्यु भएको छ। जसमध्ये १० जना संक्रमित काठमाडाैं उपत्यकाकाे रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार पनि २३ जना संक्रमितको मृत्यु भएको थियो। 

एकै दिन १ हजार ७ सय ३ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ। गत २४ घण्टामा १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ। 

यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख १० हजार ४ सय ६० लाख पुगेको छ। हाल ६ सय १ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।