साताकाे अन्तिम दिन पनि घट्याे सुनकाे मूल्य, कति छ ताेलाकाे ?

काठमाडाैं: साताकाे अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनकाे मूल्य सामान्य घटेकाे छ । शुक्रबार सुन ताेलामा २ सय रूपैयाँले घटेकाे हाे ।
आज छापावाल सुनकाे मूल्य प्रतिताेला ९१ हजार ३ सय रूपैयाँ कायम भएकाे छ । अघिल्लो दिन सुन ९१ हजार ५ सयमा करोबार भएको थियो।
यस्तै आज तेजावी सुनकाे मूल्य ९० हजार ८ सय रूपैयाँ निर्धारण गरिएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे तेजावी सुन प्रतिताेला ९१ हजार रूपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै आज चाँदी प्रतिताेला ११ सय ६५ रुपैयाँ कारोबार भइरहेको महासंले जनाएकाे छ । आज चाँदी बिहीबारकाे तुलनामा १० रूपैयाँले घटेकाे हाे ।
अन्तर्राष्ट्रिय बजारमा सुनकाे मूल्य प्रतिऔंस १८ सय ८ अमेरिकी डलर रहेकाे छ ।