अन्तर्राष्ट्रिय

गुजरातस्थित एक कोभिड अस्पतालमा आगलागी हुँदा ६ को मृत्यु

गुजरातस्थित एक कोभिड अस्पतालमा आगलागी हुँदा ६ को मृत्यु

एजेन्सी, १२ मंसिर । विहीबार राति गुजरातको राजकोट जिल्लाको कोविड अस्पतालमा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट ६ व्यक्तिको मृत्यु भएको छ । 

सुरुमा राजकोटको शिवानन्द अस्पतालको आईसीयू आगलागी भएको थियो । कोविड अस्पताल भएको कारण उक्त आईसीयूमा जम्मा ११ जना बिरामीहरू भर्ना भएका थिए । 

उनीहरुमध्ये आगलागीबाट तत्कालै ५ को मृत्यु भएको थियो । पछिबाट अर्को एक गम्भीर घाइतेको पनि मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

जानकारी अनुसार उक्त अस्पतालमा कुल ३३ जना बिरामीहरू भर्ना भएका थिए । आगो निभाउन विभिन्न दमकलकर्मीहरूलाई घटनास्थलमा पठाइएको थियो, त्यसपछि मात्रै आगो नियन्त्रणमा आएको बताइएको छ ।

उक्त आगलागीबाट घाइते भएकाहरुलाई अर्को अस्पतालमा सिफ्ट गरेर उपचार सुरु गरिएको छ । शिवानन्द अस्पतालमा भर्ना भएका अन्य सबै बिरामीहरुलाई अर्को अस्पतालमा सारिएको छ ।