स्वास्थ्य

आज १४ सय ३७ जना कोरोनामुक्त हुँदा कतिले गुमाए ज्यान ?

आज १४ सय ३७ जना कोरोनामुक्त हुँदा कतिले गुमाए ज्यान ?

काठमाडौं: पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।  देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै नेपालमा २ लाख ९ हजार ४ सय ३५ जना संक्रमित उपचारपछि निको भएका छन्। 

यस्तै काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्। याेसँगै संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या एक हजार ४ सय १२ पुगेकाे छ ।

मन्त्रालयका अनुसार ६ सय ८० जना क्वारेन्टाइनमा छन्।  नेपालमा १६ हजार ७ सय ९३ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।