समाज

उपत्यकाकाे मौसम दिनभर बदलिरहने, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

उपत्यकाकाे मौसम दिनभर बदलिरहने, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

काठमाडौं: बिहीबार बिहान काठमाडौं उपत्यकाको तापक्रम ७.४ डिग्री सेन्टिग्रेड रहेको छ । दिउँसोको न्यूनतम तापक्रम १८ देखि अधिकतम तापक्रम २० डिग्री सेन्टिग्रेडसम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । 

विभागका मौसम विद्का अनुसार आज साँझसम्म काठमाडौं उपत्यकामा मौसममा बदली आइरहने तर साँझबाट मौसम सफा हुने छ । मौसमममा बदली आए पनि पानी पर्ने सम्भावना भने छैन ।

विभागका अनुसार आज दिउँसो देशका पहाडि भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी, कर्णाली,  सुदूरपश्चिम र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेका विभागले जनाएको छ । 

यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम तथा प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।