स्वास्थ्य

आज थप २८ संक्रमितको मृत्यु, देशभर कति जनामा देखियाे काेराेना ?

आज थप २८ संक्रमितको मृत्यु, देशभर कति जनामा देखियाे काेराेना ?

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९ सय ४८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । बुधबार  ९ हजार २१० जनाको पिसिआर परीक्षण  गर्दा थप १ हजार ९ सय ४८ जनामा काेभिड पाेजेटिभ देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

योसँगै नेपालमा कुल काेराेना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १ सय ४० जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ।

आज देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

आज देशभर २८ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ८९ जना संक्रमितको मृत्यु भइसकेको छ।