आर्थिक

बुधबार एकैदिन १ हजार रूपैयाँले घट्याे सुनकाे भाउ, हेर्नुस् कति पुग्याे ताेलाकाे ?

बुधबार एकैदिन १ हजार रूपैयाँले घट्याे सुनकाे भाउ, हेर्नुस् कति पुग्याे ताेलाकाे ?

काठमाडाैं: बुधबार पनि नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । आज सुनको मूल्य प्रतितोला १ हजार रूपैयाँले घटेकाे हाे । 

आज बुधबार छापावाल सुनकाे मूल्य प्रतिताेला ९१ हजार ५ सय रूपैयाँ कायम भएकाे छ । हिजाे मंगलबार छापावाल सुनकाे मूल्य ताेलामा १८ सयले घटेर ९२ हजार ५ सय रूपैयाँ कायम भएकाे थियाे ।

यस्तै आज तेजावी सुनकाे मूल्य ताेलाकाे ९१ हजार रूपैयाँ निर्धारण गरीएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे तेजावी सुन प्रतिताेला ९२ हजार रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै बुधबार चाँदीकाे मूल्य पनि घटेकाे छ ।  चाँदीकाे मूल्य आज प्रतितोला एक हजार १७५ कायम भएकाे छ। हिजो चाँदीको भाउ प्रतितोला एक हजार १८० रूपैयाँ निर्धारण भएकाे थियो।