स्वास्थ्य

अक्सफोर्डको कोरोना भ्याक्सिन ९० प्रतिशतसम्म प्रभावकारी !

अक्सफोर्डको कोरोना भ्याक्सिन ९० प्रतिशतसम्म प्रभावकारी !

एजेन्सी, ९ मंसिर । विश्वभर कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको छ । यसैबीच कोरोना भ्याक्सिनको बारेमा सकारात्मक समाचारहरु पनि आइरहेका छन् । 

फाइजर र मोडर्नापछि अक्सफोर्डको खोपको पनि परिणाम सार्वजनिक भएको छ । अक्सफोर्डको उक्त खोप महामारी रोकथामका लागि निकै प्रभावकारी भएको पाइएको छ ।

अक्सफोर्डको खोप कत्तिको प्रभावकारी छ ?

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका (अक्सफोर्ड-एस्ट्राजेनेका)द्वारा विकसित कोरोना भ्याक्सिन कोभिसिल्ड ७०.४ प्रतिशत प्रभावकारी देखिएको छ । उही समयमा गरिएको परीक्षणले यो खोप कोरोना भाइरस संक्रमण रोकथाममा ९० प्रतिशत प्रभावकारी रहेको देखाएको छ ।

फाइजर र मोडर्नाको खोप बढी प्रभावकारी !

अक्सफोर्ड युनिभर्सिटीको कोरोना खोप फाइजर र मोडर्नापछि परिणाम प्रकाशित गर्ने तेस्रो खोप हो । तर, यो खोप अन्य दुई खोप भन्दा फरक रहेको बताइएको छ । 

फाइजरले जर्मन फार्मा कम्पनी बायोटेकको सहकार्यमा यो खोप विकास गरेको छ । फाइजर र मोडर्नाले भर्खरै सार्वजनिक गरेका रिपोर्ट अनुसार दुवै खोपहरू ९५ प्रतिशतसम्म प्रभावकारी रहेका छन् ।