अन्तर्राष्ट्रिय

पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख ६८ हजार बढी संक्रमित थपिए, ९३० संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख ६८ हजार बढी संक्रमित थपिए, ९३० संक्रमितको मृत्यु

काठमाडौं, ९ मंसिर । संयुक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख ६८ हजार बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । वल्र्डोमिटर्सका अनुसार १ लाख ६८ हजार ३६८ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै अमेरिकामा संक्रमितको कुल संख्या १ करोड २७ लाख ७३ हजार ४३९ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा अमेरिकामा ९३० संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ६३ हजार ६४७ पुगेको छ । 

यसैबीच हालसम्म अमेरिकामा ७५ लाख ४३ हजार ४८१ संक्रमितहरु निको भएर घर फर्किसकेका छन् । हाल अमेरिकामा ४९ लाख ६६ हजार ३११ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन् । जसमध्ये २३ हजार ६८९ वटा गम्भीर केसहरु रहेका छन् ।