समाज

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु, एकजना गम्भीर घाइते

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु, एकजना गम्भीर घाइते

कास्की । पोखरामा प्याराग्लाइडिङ  दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परेर एकजना गम्भीर घाइते भएका छन् ।

सोमबार दिउँसो सरांकोटबाट टेन्डम उडान गरेको फिस्टेल प्याराग्लाइडिङको प्यारा दूर्घटनामा परि प्याराग्लाइडिङ पाइलट ३८ वर्षीय राजु गैरेको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । दूर्घटनामा काठमाडौंकी २८ वर्षीया शिला श्रेष्ठ गम्भीर घाइते भएकी छिन् । 

घाइते श्रेष्ठलाई उपचारका लागि पोखराको मेट्रो सिटी अस्पतालमा भर्ना गरिएकोमा थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।