राजनीति

कांग्रेस सांसद मोहन पाण्डेले लिए पद तथा गोपनीयताको सपथ

कांग्रेस सांसद मोहन पाण्डेले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं: नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएका स्याङ्जाका मोहनप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

उनलाई सभामुख अग्नि सापकोटाले सपथ गराएका हुन् । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि उक्त रिक्त पदमा नेपाली कांग्रेसले पाण्डेलाई चयन गरेको हो ।

केसीको गत कात्तिक १७ मा निधन भएको थियो । केसीको ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले शुक्रबार संसद् सचिवालयलाई जानकारी दिएको थियो । आयोगको पत्र प्राप्त भएपछि पाण्डेलाई शपथग्रहण गराइएको हो ।