स्वास्थ्य

आज थप ५ हजार ६ सय ९९ कोरोनामुक्त, १६ जनाको मृत्यु

आज थप ५ हजार ६ सय ९९ कोरोनामुक्त, १६ जनाको मृत्यु

काठमाडौं:  आइतबार थप ५ हजार ६ सय ९९ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा मुलुकभरबाट थप ५ हजार ६९९ जना कोरोना संक्रमण निको भएर घर फर्किएका हुन् ।

नेपालमा यो सँगै निको हुनेको १ लाख ९९ हजार २४ संख्या पुगेको छ ।

त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा आइतबार संक्रमित भने १ हजार ६६९ जना थपिएका छन् । हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको बताए ।