आर्थिक

ताेलामा ३ सयले बढ्याे सुनकाे मूल्य, चाँदीकाे स्थिर

ताेलामा ३ सयले बढ्याे सुनकाे मूल्य, चाँदीकाे स्थिर

काठमाडौं: साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । सुनकाे मूल्य आज प्रतिताेला ३ सय रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावल सुन तोलाको ९४ हजार ३ सय कायम गरेको छ । गत शुक्रबार छापावाल सुन तोलाको ९४ हजार रूपैयाँ थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९३ हजार ८ सय पुगेको छ । गत शुक्रबार तोलाको ९३ हजार ५ सय थियो ।

चाँदीको भाउ भने तोलाको १२ सय १० रुपैयाँ स्थिर रहेको महासंघले जनाएको छ । गत साताभर सुनचाँदीको भाउमा गिरावट आएको थियो ।