समाज

कोरोना संक्रमणबाट दाङका थप दुई पुरुषको मृत्यु

कोरोना संक्रमणबाट दाङका थप दुई पुरुषको मृत्यु

बुटवल, ७ मंसिर । कोरोना भाइरस संक्रमणका कारण दाङका थप दुईको मृत्यु भएको छ । कोरोनाका कारण घोराही उपमहानगरपालिका–९ का ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–९ का ६८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनीहरु दुवै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । गत कात्तिक २६ गते घोराहीका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

उनलाई २७ गते अस्पताल भर्ना गरिएको थियो, भने शनिबार (हिजो) राति ११ः५० बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

त्यस्तै, तुलसीपुरका पुरुषलाई मंसिर ४ गते अस्पताल भर्ना गरिएको थियो, भने ५ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनको आइतबार (आज) बिहान १ः४० बजे मृत्यु भएका हो । योसँगै दाङमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या २८ पुगेको छ ।