स्वास्थ्य

काठमाडौं उपत्यकामा आज ८ सय ९९ काेराेना संक्रमित थपिए, कुन जिल्लामा कति ?

काठमाडौं उपत्यकामा आज ८ सय ९९ काेराेना संक्रमित थपिए, कुन जिल्लामा कति ?

काठमाडाैं: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ९९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार संक्रमित पुष्टि हुनेमा ३८७ महिला र ५१२ पुरुष रहेका छन् ।

काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ जना नयाँ संक्रमित थपिएका हुन् ।

देशभर शनिबार संक्रमित पुष्टि हुनेमा १ हजार ६७४ जना रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट २ हजार ३ सय २३ जना निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।